Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गाजाका ११ लाख मानिसलाई उत्तरी गाजा छाड्न इजरायली सेनाको निर्देशन

    गाजाका ११ लाख मानिसलाई उत्तरी गाजा छाड्न इजरायली सेनाको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । इजरायली डिफेन्स फोर्सले उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेको छ ।

    हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै आईडीएफले उनीहरूलाई दक्षिण गाजामा जान भनेको हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ ।



    संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।



    इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । इजरायली सेनाका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

    यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार