Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इजरायली आक्रमणले गाजाका पूर्वाधार नष्ट

    इजरायली आक्रमणले गाजाका पूर्वाधार नष्ट

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 144
    SHARES

    फाइल तस्विर

    तेलअवीव । मध्यगाजामा इजरायली सेनाले हवाइ आक्रमण गरेर हमासले बनाएका पूर्वाधारहरू नष्ट गरेको छ । यसै क्रममा हमासका केही अधिकारीहरूको ज्यान गएको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।

    इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।



    भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतंककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।



    गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन् । एक सय ३४ जना बन्धकमध्ये इजरायलले हालै ३१ जनालाई मृत घोषणा गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार