Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • देश भ्रष्टाचारमा चुर्लुम डुब्यो, मिलेर खानकै लागि गठबन्धन बनेको हो : अर्जुननरसिंह केसी

    देश भ्रष्टाचारमा चुर्लुम डुब्यो, मिलेर खानकै लागि गठबन्धन बनेको हो : अर्जुननरसिंह केसी

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 468
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देश भ्रष्टाचारले चुर्लुम डुबेको दावी गरेका छन् ।

    नुवाकोटको पिपलटारमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले यस्तो दावी गरेका हुन् ।



    भ्रष्टाचारले देश समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको उनको आरोप छ ।



    नेता केसीले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफलतातर्फ गएको आरोप लगाए । देश वैदेशिक ऋणको भारीले थिचिएको कारण अर्थतन्त्र जटिलतामा पुगेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार