Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टीम घोषणा, सन्दीप अनुपस्थित

    त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टीम घोषणा, सन्दीप अनुपस्थित

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 852
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

    नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।



    १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् ।



    गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् । सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

    कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ। सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

    May be an image of 1 person and text that says 'NEPAL T20I TRIANGULAR SERIES NePAL UAE HOnGKONG CAN NEPAL T20I TRAINGULAR SERIES #SQUAD ROHIT PAUDEL (C) AASIF SHEIKH (WK) KUSHAL BHURTEL KUSHAL MALLA DIPENDRA AIREE SUNDEEP JORA GULSAN JHA SOMPAL KAMI KARAN KC PRATIS GC LALIT RAJBANSHI AVINASH BOHARA BIBEK YADAV SAGAR DHAKAL BINOD BHANDARI (WK) LOKESH Bam SURYA TAMANG SHYAM (MAUSAM DHAKAL) KELME Secon NEPA 18- 27 OCT, 2023 TU, MULPANI INT'L CRICKET GROUND #WICAN ONFRAI BATT #HAPPYDRESSINGROOM #NEPALCRICKET'

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार