Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागूऔषध कारोबारमा संलग्न चार जना भक्तपुरबाट पक्राउ

    लागूऔषध कारोबारमा संलग्न चार जना भक्तपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 585
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन्।



    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो ।



    सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सुशान्तको बयानको आधारमा थप ४ जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार