Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलका पसल कारबाहीमा

    विमानस्थलका पसल कारबाहीमा

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।



    विमानस्थलमा रहेका ती पसलले विदेश जाने र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुनै वस्तु किन्नु प¥यो भने बाहिरभन्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।



    कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैँमा विदेशबाट आउने यात्रु झनै ती पसलबाट ठगिने गरेका छन् ।

    वस्तु र सेवाका नाममा मनपरी मूल्य लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार विमानस्थलभित्र रहेका पसलमा बिक्री गरिने सामानको मूल्यबारेमा चासो राखेर मूल्य अनुचित भएको भने प्रश्न गरेपछि केन्द्रीय संयुक्त अनुगमन टोलीले मङ्गलबार सो क्षेत्रका पसलको अनुगमन गरेर कारबाही गरेको हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार