Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इटालीलाई हराउँदै इंग्ल्याण्ड युरोकपमा छनोट

    इटालीलाई हराउँदै इंग्ल्याण्ड युरोकपमा छनोट

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । इटालीलाई हराउँदै इंग्ल्याण्ड आगामी वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी भएको हो ।

    खेलको १५ औँ मिनेटमा वेस्ट ह्यामका स्ट्राइकर जियानलुका स्कामाकाले इटालीलाई अग्रता दिलाएका थिए । तर खेलको ३२ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।



    दोस्रो हाफको ५७ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा गोल गर्दै मार्कस रासफोर्डले इंग्ल्याण्डलाई पहिलोपटक अग्रता दिलाए । ७७ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।



    पछिल्ला ६ युरोपियन च्याम्पियनसिपको छनोटमा केनले ७ गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरेका छन् ।पराजयसँग समूह सीमा इटाली तेस्रो स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार