Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा गोली हानी नेपाली युवाको हत्या, लुटियो २९ लाख भारु !

    भारतमा गोली हानी नेपाली युवाको हत्या, लुटियो २९ लाख भारु !

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 4.8K
    SHARES

    फाइल तस्विर

    रौतहट । भारतमा नेपाली युवाको गोली हानी हत्या गरिएको छ । भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी रौतहटको गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको हो ।

    रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान भारतीय प्रहरीले गरेको छ ।



    भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकको शव भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार