Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एनआरएनए असन्तुष्ट पक्षले भन्यो – शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भयो, नेतृत्वलाई स्वीकार्न सकिँदैन

    एनआरएनए असन्तुष्ट पक्षले भन्यो – शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भयो, नेतृत्वलाई स्वीकार्न सकिँदैन

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 987
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँदलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै उनीहरुले शनिवार ललितपुरमा पत्रकार सम्मेलन सो कुरा बताएका हुन् ।

    सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनीहरुको दाबी छ । उनीहरुले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँदली भएको स्पष्ट हुने बताए ।



    यस्तै अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सिमित समूहले केही पनि गर्न नसक्ने भन्दै उनले गैर आवासीय संघ झनै नराम्रो भएको बताए । उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् ।



    निर्वाचन समितिका अनुसार अध्यक्षमा बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी ९राज०, रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

    यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् ।

    यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार