Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भूकम्पपीडितका लागि सरकारले बनाएको १५ करोडको अपार्टमेन्ट, जहाँ बस्ने मानिस छैनन्

    भूकम्पपीडितका लागि सरकारले बनाएको १५ करोडको अपार्टमेन्ट, जहाँ बस्ने मानिस छैनन्

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 747
    SHARES

    काठमाडौं। २०७२ सालको भूकम्पका कारण सबैभन्दा बढी क्षति गोरखाकै नागरिकले भोग्नुपर्यो । कारण थियो, त्यतिबेलाको भूकम्पको इपिसेन्टर नै गोरखाको बारपाक थियो । उक्त भूकम्पका कारण गोरखामा मात्रै हजारौँले घर गुमाए भने हजारौँको ज्यान गयो ।

    भूकम्पपछि सरकारले पीडितहरुका लागि भन्दै पालुङटार ७ विरुवाटार नजिकै ३ वटा अपार्टमेन्ट तयार गर्यो । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा नेपाल सरकारले भ्याट बाहेक १३ करोड ६५ लाख लगानी भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले ६ रोपनी ११ आना क्षेत्रफलमा भवन निर्माण गरिसके पनि अहिलेसम्म प्रयोगमा भने आउन सकेको छैन ।



    एकातिर समयमै भवन नबन्नु र अर्कोतिर सरकारकै निर्णय बाझिदा उक्त भवन यतिबेला प्रयोगविहिन बनेको छ । २२ महिनामा काम सक्ने गरी २०७४ साल असार ३० गते सम्झौता गरिएको भएपनि गत असारमा मात्रै काम सम्पन्न भएको छ । संघीय कार्यान्वयन इकाईले अझैपनि उक्त भवन सरकारलाई हस्तान्तरण गरेको छैन । ु



    भूकम्प पीडितहरूलाई राख्न सरकारले यी भवन निर्माणको गरेको भए पनि पछि पीडितलाई जग्गा र घर बनाउन अनुदान नै दिने निर्णय भएपछि सरकारले बनाएका घरमा बस्ने पीडित अहिलेसम्म पाइएको छैन ।

    विनाशकारी भूकम्पमा घर गुमाएका १ सय ३० विस्थापित परिवारलाई राख्ने उद्देश्यले उक्त भवन बनाइएको हो । घर भत्किएपछि पीडितहरुले नै ऋणधन गरेर घर बनाएकाले सरकारले बनाएको अपार्टमेन्टमा बस्न कोही पनि पीडित राजी नभएको स्थानीयहरु नै बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार