Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भूकम्पको सम्झनामा आज फोटो प्रदर्शनी आयोजना हुँदै

    भूकम्पको सम्झनामा आज फोटो प्रदर्शनी आयोजना हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 324
    SHARES

    काठमाडौं । वि.सं. २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा आज बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो।

    खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन्।



    विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ ।



    फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार