Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • भजन खलःले ऐतिहासिक विरासत बोकेको छ: राष्ट्रपति भण्डारी

    भजन खलःले ऐतिहासिक विरासत बोकेको छ: राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

    स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गरेकी हुन्।



    विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पुर्याइँदै आइएको छ ।



    सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताइन् । उनले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गरिन् ।

    राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताईन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार