Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीका तीन एसएसपीको डिआइजीमा विशेष बढुवाको प्रस्ताव

    नेपाल प्रहरीका तीन एसएसपीको डिआइजीमा विशेष बढुवाको प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 5.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।

    प्राविधिक एसएसपीहरू नवीन्द्र अर्याल, देउती गुरुङ र राकेश सिंहलाई विशेष पद सिर्जना गरी डिआइजीमा बढुवा गर्न लागिएको हो ।



    अर्याल विशेष ब्यूरो, गुरुङ केनाईन महाशाखा र सिंह विधि विज्ञान प्रयोगशालामा प्रमुखका रुपमा कार्यरत छन् । तीनै जना प्राविधिक पदमा विशेषज्ञका रुपमा कार्यरत छन् । उनीहरूको लागि त्यो भन्दा माथिल्लो पदको दरबन्दी छैन ।



    प्राविधिक सेवामा उनीहरूको विशेषज्ञ सेवा प्रहरीलाई आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष पद सिर्जना गरी उनीहरूलाई बढुवाको प्रस्ताव गरेको हो ।

    गृह मन्त्रालयले सो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । तर, अर्थ मन्त्रालयले एक महिनादेखि फाइल रोकेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

    उनीहरूको अवकाशसँगै ती डिआइजीका ती विशेष पद खारेज हुने गरी विशेष बढुवाको प्रस्ताव गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार