Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै महासचिव गुटेरेस

    आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै महासचिव गुटेरेस

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 621
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लागेका हुन् ।

    गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भू–भागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।



    आइतबार उनले नेताहरूसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भू–भागमा पारेको असरहरू धेरै सुनिए पनि उच्च भू–भागमा पारेको असर कम सुनिएका बताएका थिए ।



    यही कारण नेपालजस्ता उच्च भू–भाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जीवनमा कस्तो असर गरेका छ भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । गुटेरेस चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार बिहान नेपाल आएका थिए ।

    नेपाल आउनेबित्तिकै हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्नुपर्नेमा जोड दिए । यस्तै राष्ट्रसङ्घ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बेलुकी रात्रिभोजको आयोजना गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार