Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असई ढुंगानाको लेक लागेर मृत्यु

    गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असई ढुंगानाको लेक लागेर मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 3.9K
    SHARES

    पोखरा । लेक लागेरअन्नपूर्ण बेसक्याम्पमा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका असई टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हो ।



    असई ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुगेका थिए ।



    गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए ।

    हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

    तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार