Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • महासचिव गुटेरेसले भने – गाजा क्षेत्र बालबालिकाका लागि चिहान बन्यो

    महासचिव गुटेरेसले भने – गाजा क्षेत्र बालबालिकाका लागि चिहान बन्यो

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 510
    SHARES

    फाइल फोटो

    एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेका छन् ।

    उनले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै गएको बताएका हुन् ।



    मानवीय दृष्टीकोणले युद्धविराम अति जरुरी भन्दै गुटरेसले गाजापट्टीमा इजरायली हवाइ आक्रमणले पछिल्लो समय भयानक रुपमा सर्वसाधारणको हत्या भइरहेको बताए ।



    मानवीय युद्धविरामका लागि विश्वका कयौं मुलुकहरुले गरेको अपील इजरायलले अस्वीकार गर्दै आएको छ ।

    इजरायलले गाजापट्टीमा हमासको अखडामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा अहिलेसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार