Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल भ्रमण सकेर न्युयोर्क फर्किए राष्ट्रसंघका महासचिव गुटेरेस

    नेपाल भ्रमण सकेर न्युयोर्क फर्किए राष्ट्रसंघका महासचिव गुटेरेस

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 804
    SHARES

    काठमाडौं । नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन्।

    महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन्। महासचिव गुटेरेस शनिबार राति नेपाल आएका थिए ।



    उनलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थलमा पुगेका थिए । उनको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।



    कतार एयरवेजको उडानमार्फत बुधबार बिहान गुटेरेस न्युयोर्क फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

    महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनी पनि गएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार