Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोड ठगी, सुरुचि जेल चलान

    महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोड ठगी, सुरुचि जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने एक नेपाली महिलालाई चेल चलान गरिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत महिना पक्राउ गरेकी सुरुचि भुजेललाई जिल्ला अदालत काठमाडौँले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।



    भूकम्पले क्षतिग्रस्त टर्कीका भवन पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत त्यहाँ लाने प्रलोभन देखाएर ९० जनाबाट २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरिएको जाहेरी परेपछि सीआईबीले भुजेललाई पक्राउ गरेको थियो । सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको थियो । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको बताइएको छ ।



    प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ ।

    राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको भनी टर्कीबाट रोजगारीको माग भएको भनी आफूहरूबाट भुजेललगायतले ठगी गरेको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् । हाल संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार