Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जवानदेखि सहायक निरीक्षकसम्म २२ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

    जवानदेखि सहायक निरीक्षकसम्म २२ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 765
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

    प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।



    आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।



    गैरहाजिर हुनेमा प्रहरी जवानदेखि तथा सहायक निरीक्षकसम्म २२ जना छन् ।

    “गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला ।  अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ। नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछ,” सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार