Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अछामको चौरपाटीमा जिप दुर्घटना

    अछामको चौरपाटीमा जिप दुर्घटना

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 20.3K
    SHARES

    अछाम । अछाममा जिप दुर्घटनामा परेको छ । सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो ।

    गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । सो जिपमा चालक मात्रै रहेको बुझिएको छ ।



    चालक धर्म बहादुर थापा सामान्य घाइते भएको प्रहरी चौकी सिउँडीका प्रमुख तथा सहायक प्रहरी निरीक्षक (असई) लोक बहादुर विष्टले जानकारी दिए ।



    उनलाई उपचारका लागि वयालपाटा अस्पताल लिने तयारी भइरहेको उनले बताए । जिप भने पूर्ण रुपमा क्षति भएको बताइएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार