Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपेन्द्र यादव भन्छन् – संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्नु हुँदैन

    उपेन्द्र यादव भन्छन् – संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्नु हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 738
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।

    बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।



    उनले शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताए ।



    तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए । तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार