Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेताहरुले देश बेच्न खोजे, तर काठमाडौं महानगर बिक्रीमा छैन् : बालेन शाह

    नेताहरुले देश बेच्न खोजे, तर काठमाडौं महानगर बिक्रीमा छैन् : बालेन शाह

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

    बुधबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो बताएका हुन् ।



    मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले मुख खोलेका छन् । उनले आफूले कसैको अपमान नगरेको समेत बताए ।



    “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार