Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिनीको अभाव हुन नदिन प्रहरीले गर्‍यो सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन

    चिनीको अभाव हुन नदिन प्रहरीले गर्‍यो सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको छ ।

    तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि प्रहरीले सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको हो ।



    यस्तै प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।



    प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार