Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गुनासो व्यवस्थापनका लागि सुदूरपश्चिम प्रहरीले सार्वजनिक गर्‍यो ‘क्यूआर कोड’

    गुनासो व्यवस्थापनका लागि सुदूरपश्चिम प्रहरीले सार्वजनिक गर्‍यो ‘क्यूआर कोड’

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 870
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गुनासो व्यवस्थापनको लागि ‘क्यूआर कोड’ सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयले धनगढीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले सुदूरपश्चिम प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गरेका हुन् ।

    क्यूआर कोड सार्वजनिक गर्दै डीआईजी बोहराले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको बताउँदै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले क्यूआर कोड प्रयोगमा ल्याएको हो ।



    आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै क्यूआर कोडमार्फत सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन ।



    उक्त क्यूआर कोड सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अतरिया, विशेष सुरक्षा गण कञ्चनपुर, सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण धनगढी र ९ वटै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिनेछ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले क्यूआर कोडको प्रभावकारीता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै सुदूरपश्चिम प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अनुरोध पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार