Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

    भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 876
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

    निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।



    निगमले सो खर्च आफ्नो आर्थिक वर्ष २०८०र८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जनाएको छ ।



    १७ गते राती करिब ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई विनाशकारी भूकम्प गएको र उक्त भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ ।

    भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा निगमले श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको स्वास्थ्य उपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सम्पूर्णमा अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार