Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अदालतबाटै मिसिल र पेस्तोल चोरी भएपछि…

    अदालतबाटै मिसिल र पेस्तोल चोरी भएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 2.1K
    SHARES

    धनगढी । कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल र कटुवा पेस्तोल चोरी भएको छ ।

    अदालतको अभिलेख शाखाको ग्रील फोडेर पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको हो ।



    घटना आइतबार रातिको भए पनि चोरी भएकोबारेमा प्रहरीले सोमबार विहानमात्रै थाहा पाएको थियो । अदालत पसिरमा अगाडितिर प्रहरी पनि बस्दै आएको छ ।



    प्रहरी सुरक्षा घेरामा रहेको अदालतभित्र पसेका चोरले अभिलेख शाखाबाट मुद्दाको मिसिलसहित कटुवा पेस्तोल र मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार