Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – राहत सामग्री आइरहेको छ, ढिलाइ नगरी वितरण गर्छौँ

    गृहमन्त्री श्रेष्ठले भने – राहत सामग्री आइरहेको छ, ढिलाइ नगरी वितरण गर्छौँ

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    पोखरा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राहत सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    बुधबार पोखरा विमानस्थलमा चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझ्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने,’अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ ।’



    चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्‍याइने श्रेष्ठले जानकारी दिए ।

    त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनको भनाइ थियो । पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो।

    देश सङ्कटमा परेको समयमा राजनीतिक दलहरु एक जुट भएकोमा उनले दलहरूको प्रशंसा पनि गरे । विपद्मा एक हुने नेपाली संस्कृति नै भएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार