Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • चौरपाटीमा फेरि विवादित हाकिमको ‘इट्री’, विष्णुको दुई महिना नपुग्दै गरियो सरुवा !

    चौरपाटीमा फेरि विवादित हाकिमको ‘इट्री’, विष्णुको दुई महिना नपुग्दै गरियो सरुवा !

    विष्णुले रमाना पत्र बुझ्न बाँकी

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 5.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका पुनः दुई महिनामै नपुग्दै प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार यही भदौ ५ गते नयाँ शाखा अधिकृत विष्णुबहादुर थापालाई चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो ।

    सोही अनुसार उनी भदौं २९ गते चौरपाटी गाउँपालिकामा हाजिर भएका थिए । तर उनीले जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको स्रोतले बतायो । उनको सरुवा भएपछि लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको पालिका पुनः निमित्तको हातमा परेको हो । स्रोतका अनुसार छापामार शैलीमा सरुवामा परेका प्रमुख प्रशासकीय अधिकृत थापाले रमाना पत्र भने बुझ्न बाँकी छ ।



    तर उनले रमाना पत्र बुझ्न बाँकी रहे पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनबहादुर थापाले जिम्मेवारी सम्हाली सकेको स्रोत बताउँछ । थापाले यही कार्तिक २० गते कार्यपालिकाको बैठक पनि बसालिसकेका छन् । सो बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई दुई लाख दिने निर्णयसमेत गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर थापा लामो समयदेखि बिदामै बसेका छन् ।



    उनले पालिकाको जिम्मेवारी सम्हाले लगत्तै प्रशासनमा कडाइ गरेको बुझिएको छ । उनले नियम विपरीतका कामलाई अस्वीकार गर्न थालेपछि उनलाई सरुवा गर्न गाउँपालिकाका अध्यक्ष नै काठमाडौं गएको स्रोतले बतायो । गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउद प्रमुख प्रशासकीय अधिकृत विष्णुलाई सरुवा र धनबहादुरलाई हाकिमको रुपमा फर्काउन सक्रिय रुपमा लागेको आरोप छ । अचम्मको कुरा त के छ भने चुनावको समयमा चुनावी आमसभा लगायतका ठाउँमा सर्वप्रथम धनबहादुर थापालाई जिम्मेवारीबाट हटाउने भाषण गर्दथे । सो कुरा उनले केही दिन अगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि स्वीकार गरेका छन् ।

    उनले अन्तर्वार्ता भनेका छन्, “मैले चुनाव जित्ने बित्तिकै धनबहादुर थापालाई हटाउनु पर्छ भन्नेमा म पनि हुँ । तर म जब सरकारमा आइसकेपछि मैले धनबहादुर थापामा लोभ, लालच भन्ने कुरा केही पनि देखेन । उहाँ जनताको काम गर्न बसिराख्नु भाछ ।”

    उनले कुनै पनि जनप्रतिनिधिलाई धनबहादुर थापा मन पर्दैन भने उहाँले ल्याएर आउन पनि बाटो खुला गरेको बताए । यस्तै सोही अन्तर्वार्ता उनले धनबहादुर थापा यो ठाउँका लागि आवश्यक व्यक्ति भएको दाबी गरे । तर धनबहादुर थापा विगत लामो समयदेखि पालिकाको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा रहँदा विवादै विवादमा मुछिएका थिए ।

    उनले सरकार जग्गामा व्यक्तिगत घर लगाएको, आफ्नो पुरानो एक्स–रे मेसिन अस्पताललाई बेचेको, पालिकामा व्यापक आर्थिक अनियमितता, व्यापारीसँगको मिलेमतोमा पालिकालाई चाहिने सामान खरिद लगायतका थुप्रै आरोपहरू उनीमाथि छन् । उनलाई फेरि चौरपाटी गाउँपालिकाको हाकिमको जिम्मेवारी दिइएपछि सर्वत्र आलोचना भइरहेको छ ।

    यता गाउँपालिकाकी उपाध्यक्ष सरदेबी खड्काले पनि धनबहादुरलाई फेरि हाकिममा नियुक्त गरिएको पुष्टि गरिन् । अनलाइन नेपालसंग कुरा गर्दै उपाध्यक्ष खड्काले थापालाई पुनः किन हाकिमको जिम्मेवारी दिइयो भन्ने कुरा आफूलाई थाहा नभएको बताइन् ।

    उनले पटकपटक विवादमा परेका व्यक्तिलाई पुनः कार्यकारी बनाउन नहुने भन्दै आफू यो विषयमा असहमत भएको बताइन् । साथै उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर थापाले कामै गर्न नपाएको बताउँदै केही दिनको बसाइँमा पनि नयाँ हाकिम थापाले राम्रो काम गरेको उनले दाबी गरिन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार