Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोकिनसहित नागढुङ्गाबाट दुई भारतीय नागरिक पक्राउ

    कोकिनसहित नागढुङ्गाबाट दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 462
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । नागढुङ्गाबाट अवैध लागूऔषध कोकिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ४७ ग्राम २७ मिलिग्राम कोकिनसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन्।



    प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई लागु पदार्थसहित पक्राउ गरेको हो।

    साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार