Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टेलिकमको नाफा १९ करोडले घट्यो

    नेपाल टेलिकमको नाफा १९ करोडले घट्यो

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 522
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कूल आय ३९ करोड रुपैयाँले घटेको छ ।

    टेलिकमको प्रथम त्रैमासको वित्तीय रिपोर्टअनुसार गत वर्षको यही अवधिको तुलनामा टेलिकमको कूल आय ३.५४ प्रतिशते कमी आएको हो ।



    कम्पनीले गत आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।



    जुन, यो वर्षको पहिलो त्रैमासमा १० करोड ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँमा सीमित छ । यस्तै, चालू वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ कम हो । यसैगरी, नेपाल टेलिकमले चालू वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँको तुलनामा १९ करोड ८० लाख ७४ हजार कम हो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार