Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई सय ९० किलो गाजासहित महोत्तरीबाट दुई जना पक्राउ

    दुई सय ९० किलो गाजासहित महोत्तरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 978
    SHARES

    महोत्तरी । महोत्तरी प्रहरीले २ सय ९० केजी गाजासहित २ जना पक्राउ गरेको छ ।

    प्रहरीले सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको हो ।



    गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने सहचालक राजेश घलानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    पक्राउ परेका चालक र सहचालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको ट्रक पनि प्रहरी कार्यालय परिसरमै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार