Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

    आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् ।



    वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार