Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

    सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 513
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् ।

    आइतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारे ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्ल्यांकेट पुर्‍याउन सक्ने स्थितिमा हुँदैनौँ ।’

    उपप्रधानमन्त्री श्रेष्ठले भुकम्पपछि सरकारले कत्तिपनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट र खाद्यान्न पठाएको र पठाउने क्रम जारी रहेको बताए । उनले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताए ।

    गृहमन्त्री श्रेष्ठले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधि पनि उपलब्ध गराइएको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा अब अस्थायी आवासको निर्माणमा ढिलाइ गर्न नहुने भन्नेमा सरकार अगाडि बढेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार