Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिकेटर गुल्सन झालाई सर्लाहीमा अभिनन्दन

    क्रिकेटर गुल्सन झालाई सर्लाहीमा अभिनन्दन

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    सर्लाही । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।

    नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई प्रोत्साहनस्वरुप नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले मलङ्गवामा अभिनन्दन गरेको हो ।



    चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवार अहिले सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएका छन् ।



    पछिल्लो पटक भएका क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको सान बढाउन गरेको योगदानको कदर तथा थप हौसला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार