Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी विश्वकप छनोट

    जिम्बाब्वेविरुद्ध गुल्सन झाले दिलाए नेपाललाई दोस्रो सफलता

    जिम्बाब्वेविरुद्ध गुल्सन झाले दिलाए नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि गुल्सन झाले दोस्रो विकेट लिएका हुन् ।

    उनले जिम्बावेका माधेवेरेलाई ३२ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । त्यतिबेला जिम्बावेको २३.२ ओभरमा १२७ रन थियो ।



    यस्तै यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । त्यसअघि आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाबेसामु नेपालले २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।



    हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार