Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • क्लिनिक सञ्चालकका भाइले सुई लगाएका बालकको मृत्यु, कैलालीबाट २ जना पक्राउ

    क्लिनिक सञ्चालकका भाइले सुई लगाएका बालकको मृत्यु, कैलालीबाट २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 1.4K
    SHARES

    संकेतिक तस्विर

    धनगढी । कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाएका एक बालकको मृत्यु भएको छ ।

    गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको मृत्यु भएको हो ।



    बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ ।



    बालकलाई सुई लगाउने धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएमा थिए । ज्वरो आएपछि उपचारका लागि मंगलबार साँझ ६ः३० बजे क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले बालकलाई सुई लगाएका थिए ।

    सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । अहिले धामी दाजु भाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार