Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदीको आग्रह – इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुनू

    भारतीय प्रधानमन्त्री मोदीको आग्रह – इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुनू

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 771
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।

    एक सयभन्दा धेरै देशको भर्चुअल सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन् । यो समय ग्लोबल साउथ देशहरु बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्नेमा उनको जोड छ ।



    गएको सेप्टेम्बर २० तारिखमा शीर्ष विश्व अर्थतन्त्र समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।



    संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील देशहरुका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले जलवायु वित्त, विकासशील देशहरुको कर्जा बोझ र दिगो विकासका लागि शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार