Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतबाट अवैध रूपमा ल्याएको कपडा बरामद

    भारतबाट अवैध रूपमा ल्याएको कपडा बरामद

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 1.2K
    SHARES

    धरान । भारतबाट अवैध रूपमा भित्र्याएको १४ लाख मूल्य बराबरको कपडा बरामद भएको छ।

    सशस्त्र प्रहरी बल नेपाल, ४ नम्बर गण सुनसरीले शुक्रबार राति दशगजा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्राइएको ९ लाख १४ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो ।



    बरामद गरिएको अवैध सामानहरू सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको छ। सशस्त्र प्रहरीको बीओपी घुस्कीबाट गएको सप्रनि बिनुप श्रेष्ठको टोलीले पनि ४ लाख १० हजार बराबरको लत्ताकपडा बरामद गरेको छ।



    सशस्त्र प्रहरीले सुनसरी जिल्लाको कोशी गाउँपालिका-८, तिनकुनेबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५० हजार बराबरको एक बोरा पटका समेत बरामद गरेको छ।

    उक्त पटका सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट गएको टोलीले नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, पत्रकार र नेपाल प्रहरी समेतको रोहवरमा कार्यलय परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार