Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तिहारको टीका लगाउन हिँडेका खुमबहादुर मृत फेला

    तिहारको टीका लगाउन हिँडेका खुमबहादुर मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 900
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

    भाइटीका लगाउन हिँडेका गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधाराका ३६ वर्षीय खुमबहादुर घर्ती भूमिकास्थान नगरपालिका–३ सिख्रको भीरमा मृत अवस्थामा भेटिएका हुन् ।



    कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान–३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार