Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

    सशस्त्र प्रहरीद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.3K
    SHARES

    रौतहट । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

    ​​रौतहटको यमुनामाई नगरपालिका– ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको हो।



    सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा इन्टेलिजेन्स ब्यूरोले आइतवार दिउँसो सो घरमा खानतलासी गरेको थियो ।



    बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेडइन इन्डिया लेखिएको छ । हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सो क्षेत्रमा थप अप्रेशन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार अप्रेशन जारी रहेकाले केही व्यक्ति घरभित्रै ढोका थुनेर बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार