Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दर्ता

    टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दर्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 471
    SHARES

    काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ ।

    गत शुक्रबार १० वटा रिट दर्ता भएकामा आज अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् ।



    रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ ।



    त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ ।

    धेरै नागरिकले टिकटकमार्फत सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ ।

    टिकटकमार्फत आफ्नो सिर्जनाको उद्यम गर्नेहरुको वौद्धिक सम्पत्ति लाखौं रुपैयाँको भएको र टिकटक बन्द गर्दा सम्पत्तिको हक पनि हनन भएको रिटमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार