Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 366
    SHARES

    काठमाडौं । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

    प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको कांग्रेसले निर्देशिका निर्माण गर्न लागेको हो ।



    पार्टी सभापति शेरबहादुर देउवाले हिजोको पदाधिकारी बैठकमा स्वयंसेवक परिचालनका लागि निर्देशिका दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका थिए ।



    त्यसका लागि आज बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार