Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाली कांग्रेसले तयार गर्‍यो श्रमदान निर्देशिका, एक हजार अस्थायी आवास बनाउने

    नेपाली कांग्रेसले तयार गर्‍यो श्रमदान निर्देशिका, एक हजार अस्थायी आवास बनाउने

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जिल्लामा एक हजार अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ ।

    पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका स्वयंसेवी युवाको परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको हो ।



    मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगन थापाको नेतृत्वमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले १० जनाका दरले २६ समूह परिचालन गरी दुई हप्ताभित्र एक हजार अस्थायी टहरा निर्माण गरी भूकम्प पीडितलाई छानामुनी बास बसाउने निर्णय गरेको हो ।



    त्यसका लागि कांग्रेसले एकजना निर्माण विज्ञ र दुईजना मिस्त्रीसहित १० जनाका दरले एकपटकमा १३ समूह परिचालन गर्ने निर्णय गरेको छ ।

    यस्तो छ कांग्रेसको स्वयंसेवी आचासंहिता

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार