Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटनमन्त्री किरातीले भने – तिलौराकोट छिट्टै विश्व सम्पदामा सूचीकृत हुन्छ

    पर्यटनमन्त्री किरातीले भने – तिलौराकोट छिट्टै विश्व सम्पदामा सूचीकृत हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 552
    SHARES

    कपिलवस्तु । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले पुरातात्विक स्थल तिलौराकोट प्राचीन कपिलवस्तु छिट्टै विश्व सम्पदास्थलमा सूचीकृत हुने बताएका छन् ।

    तिलौराकोट राजप्रसादमा भइरहेको अध्ययन अनुसन्धान र सरसफाइ कामको शुक्रबार निरीक्षणपछि पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    पर्यटनमन्त्री किरातीले तिलौराकोटको विकास र संरक्षणका लागि राष्ट्रिय गौरवका योजनाका रूपमा अघि सारेर काम भइरहेको बताए ।



    तिलौराकोटमा १० वर्षदेखि विदेशी विज्ञ विषेशज्ञको अगुवाइमा भइरहको पुरातात्विक अध्ययन र अन्वेषणले धेरै महत्त्वपूर्ण तथ्य उजागर गरेको छ।

    यसले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न धेरै सहयोग गर्ने पर्यटनमन्त्री किरातीले बताए ।

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया गत नोभेम्बरबाट सुरु भइसकेको छ ।

    अब २०२४ को फेब्रुअरीमा अन्तिम चरणको मनोनयन दस्ताबेज बुझाउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार