Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उन्नति सहकार्यको एफपीओ बाँडफाँट

    उन्नति सहकार्यको एफपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 597
    SHARES

    काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।

    बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले एक कार्यक्रमका बीच लघुवित्तको एफपीओ बाँडफाँट गरेको हो ।



    एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकोमा ३२५ आवेदन रद्द भएको थियो । स्वीकृत भएका १० लाख ७२ हजार ४४३ आवेदकबाट गोलाप्रथा गर्दा १७ हजार ८४५ जनाले सेयर पाएका छन् ।



    तीमध्ये एकजनाले ११ कित्ता र बाँकी १७ हजार ८४४ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

    कम्पनीले कात्तिक २१ देखि एफपीओ जारी गरेको थियो । यसको नतिजा अनलाइन प्रणाली मेरो सेयर तथा आईपीओ रिजल्ट डट् सीडीएससी डट्कमडट्एनपीबाट हेर्न सकिनेछ ।

    साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।

    कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार