Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

    प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 762
    SHARES

    काठमाडौं । सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

    प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।



    ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।



    देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको गुनासो छ ।

    प्रदेश गृहमन्त्रीहरुले आजै साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार