Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जिम्बाब्वेलाई स्तब्ध पार्दै युगान्डा टी-२० विश्वकपमा छनोट

    जिम्बाब्वेलाई स्तब्ध पार्दै युगान्डा टी-२० विश्वकपमा छनोट

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 897
    SHARES

    काठमाडौं । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी—२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।

    युगान्डा अफ्रिकी महादेशबाट आगामी टी—२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको हो ।



    नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई नौ विकेटको फराकिलो अन्तरले हरायो । उक्त जितसँगै युगान्डा विश्वकपमा छानिएको हो ।



    युगान्डाको जितसँगै दुई बलिया टोली जिम्बाबे र केन्या भने विश्वकपमा छनोट हुन असफल भए । यो नतिजापछि युगान्डा र नामिबियाले टी–२० विश्वकपको टिकट काटेका छन् ।

    अफ्रिकाका सातवटा देशले छनोट खेलेकोमा बलियो टोली जिम्बाब्वेलाई युगान्डा र नामिबियाले स्तब्ध पारिदिएका हुन् ।

    जिम्बाब्वे नामिबियासँग ७ र युगान्डासँग ५ विकेटले स्तब्ध हुन पुगेको थियो । दुई हारबाहेक अरू खेल फराकिलो अन्तरले जिते पनि जिम्बाब्वे छनोट हुन असफल भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार