Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको फड्को, अलराउन्डरतर्फ ११ औँ स्थानमा

    आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको फड्को, अलराउन्डरतर्फ ११ औँ स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 465
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरीयतामा छलाङ मारेका छन्।

    दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका हुन्। यसअघि उनी २५ औँ स्थानमा थिए ।



    यस्तै दीपेन्द्रले टी-२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्।



    ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए।

    कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए। नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने।

    अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी-२० मा तेस्रो खेलाडी बने। टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार