Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आज नेपाल आइपुग्दै आईसीसी अध्यक्ष ग्रेग

    आज नेपाल आइपुग्दै आईसीसी अध्यक्ष ग्रेग

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 351
    SHARES

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आइपुग्ने छन् ।

    भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज अपराह्न काठमाडौँ ओर्लिन लागेका हुन् ।



    उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।



    चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ र क्रिकेट सङ्घका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

    अध्यक्ष बार्कलेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार