Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आईसीसी टी-२० मा नेपालको वरीयता घट्यो

    आईसीसी टी-२० मा नेपालको वरीयता घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रियतर्फ नेपाली क्रिकेट टिमको वरीयता घटेको छ ।

    आईसीसीले मंगलबार सावैजनिक गरेको वरीयता लिष्टमा नेपालको वरीयता १ स्थान तल झरेको हो ।



    नेपालले अघिल्लाे महिना घरेलु मैदानमा भएकाे नेपाल नेदरल्यान्डस् र नामिबीयासँगकाे सिरिजमा ५ मध्ये ३ खेल हारेकाे थियाे ।



    त्यस्तै एक स्थान मात्रै पछि रहेकाे यूएइले लगातार राम्राे नतिजा ल्याउँदा नेपाल पछि परेकाे हाे । यसअघि १६ औं स्थानमा रहेको नेपाल १ स्थान घट्दै १७ औं स्थानमा रहेको छ ।

    त्यस्तै, एशोसिएट राष्ट्र युएई नेपाललाई उछिन्दै १६ औं स्थानमा उक्लिएको छ । टी-२० तर्फ भारत शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार